मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री अस्पतालले डिस्चार्ज भएको ९ दिनपछि बिरामीलाई घर जान दिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु उपचार खर्च बुझाउन नसक्दा अस्पतालमा ‘बन्धक’ भएका थिए ।

Advertisement

यस विषयमा मङ्गलबार संगालोखबरले समाचार प्रकाशन गरेको थियो । रञ्जितका बुबा सर्दुल टुडुले अस्पतालले छोरालाई घर लग्न दिएको संगालो संगालोखबरलाई जानकारी दिए ।

‘अस्पताल प्रशासनले तिर्न बाँकी रहेको रकम छुट गरिदियो र फार्मेसीले पनि रकम छुट गरिदियो’, उनले भने, ‘आजै हामी घर पनि पुगिसक्यौँ ।’ रञ्जितलाई पेटमा समस्या देखिएपछि गत असार २८ गते अस्पताल भर्ना गरिएको थियो । अप्रेशनपछि अस्पतालले उनलाई साउन ७ गते नै डिस्चार्ज दिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण रञ्जितको परिवारले सबै रकम बुझाउन सकेको थिएन । रकम बुझाउन नसक्दा बिरामीलाई घर लैजान दिएको थिएन । हस्पिटलमा १ लाख ४५ हजार र फार्मेसीमा २० हजार रकम बुझाएपछि अन्य रकम भने बुझाउन टुडु परिवारलाई सकस परेको थियो ।

विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!