मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले सहकारीमा समस्या आउनुको मुख्य कारण सञ्चालकको नियत भएको बताएका छन् । विराटनगर–१७ रानी स्थित गौरव बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले खराब नियत भएका सहकारी सञ्चालकको पहिचान गर्न सकेमा बचतकर्ताको बचत जोखिममा पर्नबाट जोगिने उल्लेख गरे । पछिल्लो समय विभिन्न सहकारीमा देखिएको समस्या कारण अन्य सहकारीले समेत बदनाम हुनुपर्ने अवस्था आएको उनले बताए । दक्षिणी भेगमा गौरव बचत तथा ऋण सहकारी संस्थाले महत्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी दिनमा पनि यसलाई कायम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले सहकारीले बचतकर्ताको बचत जोखिममा पर्नबाट जोगाउनुपर्ने बताए । सीमा क्षेत्रमा रहेर पनि यस सहकारीले उत्कृष्ट कार्य गरेको र आगामी दिनमा पनि कायम राख्न उनले आग्रह गरे ।

कोशी प्रदेशमा १ हजार ७८ सहकारी प्रदेशले हेर्ने जानकारी दिदैँ सहकारी क्षेत्रमा केही विसङ्गति देखिए पनि सबै त्यस्ता नभएको उनले बताए । उनले बचतकर्ता पनि सजग र सचेत हुनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष दिनेश सिंहले १७ वर्षदेखि सञ्चालनमा रहेको सहकारीले समग्र दक्षिणी भेगमा उत्कृष्ट कार्य गरिरहेको बताए । कार्यक्रममा ४ हजार सेयर सदस्य रहेको उक्त सहकारीका एक सय उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!