मोहन ढकाल/संगालोखबर
फाइल तस्वीर

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धनकुटाका युवा नेता सुजन भाइ जोशी प्रहरीको हिरासतमा पुगेका छन् । खानेपानी वितरणका सन्दर्भमा अश्लिल शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि उनीविरुद्ध ‘साइबर क्राइम’ को उजुरी परेको थियो ।

उजुरीपछि प्रहरीले उनलाई गत मङ्गलबार पक्राउ गरेको हो । नेकपा एकीकृत समाजवादीका धनकुटा नगर कमिटी अध्यक्षसमेत रहेका जोशी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

Advertisement

उनीविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘फेसबुकमा अपशब्द प्रयोग गर्दै स्टाटस लेखेको विषयमा उजुरी परेपछि उहाँलाई हामीले पक्राउ गरेका हौँ’, महर्जनले संगालोखबरसँग भने, ‘साइबर क्राइमको विषयमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेका छौँ ।’

यता नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख गोपाल बराइलीले जोशीले लेखेको स्टाटसमा प्रयोग भएको केही शब्द नराम्रो भएपनि आशय सही भएको जिकिर गरेका छन् । कानूनी कारबाही भन्दा पनि दुवैपक्ष बसेर छलफलका माध्यमबाट समस्याको समाधान खोज्न उपयुक्त हुने उनको तर्क छ ।

उनले धनकुटा कारागारमा दमकलले पानी वितरण गरेको विषयमा केन्द्रीत भएर नगर खानेपानी उपभोक्ता समिति अध्यक्ष र कार्यालय प्रमुखलाई लक्षित गर्दै अश्लिल शब्दमा स्टाटस लेखेका थिए । पछि उनले सो स्टाटस हटाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!