मोहन ढकाल/संगालोखबर

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएपछि चालकहरू आन्दोलित बनेका छन् । बिहीबारबाट राजमार्गमा सफारी सञ्चालनमा रोक लगाइएको विरोधमा आज शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement

केहीबेर विराटनगर महानगरपालिका अगाडि धर्ना दिएका सफारी चालकले अहिले भने कोशी राजमार्ग अन्तर्गत बरगाछीमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । उनीहरूले राजमार्गमा सफारी चलाउन पाउनुपर्ने माग राखेका छन् ।

सफारी चालकको आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि साथ दिएका छन् । सफारी चालकसँगै आन्दोलनमा होमिएका उनीहरूले राजमार्गमा सफारी चलाउन रोक लगाउनु गलत भएको बताएका छन् । सामाजिक अभियन्ता पारुल क्षेत्रीले राजमार्गमा सफारी सञ्चालनमा रोक लगाउने काम गलत भएको बताएका छन् ।

उनले यो नियम खारेज नभएसम्म सफारी चालकको आन्दोलनमा साथ दिने र आन्दोलनलाई थप सशक्त बनाउने प्रतिक्रिया दिए । यस्तै, दर्शन नेपाल अभियानका अध्यक्ष दीपक ढकालले यो सफारी चालकका लागि अन्याय भएको बताए । उनले कुनै जानकारी नदिई एक्कासि रोक लगाउनु गलत भएको उल्लेख गरे ।

यस्तै कोशी सुधार अभियानका संयोजक अभिषेक गिरीले राजमार्गमा सिटी सफारी रोक लगाएर समस्याको समाधान नहुने तर्क गरे । उनले सफारी चालकको आन्दोलनमा साथ रहेको माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिए ।

बरगाछीमा अहिले पनि सफारी चालकको आन्दोलन जारी छ । आन्दोलनका कारण सवारी आवागमनमा समस्या भएको छ । विभिन्न स्थानबाट आएका गाडीहरू भित्री सडक हुँदै गन्तव्यतर्फ गइरहेका छन् ।

राजमार्गमा सिटी सफारी चलाउन रोकः के भन्छन् सरोकारवाला ?

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!