मोहन ढकाल/संगालोखबर

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले १३ बँदे आचारसंहिता जारी गरेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

Advertisement

प्रदेश कमिटीले पार्टीको निती विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनैपनि कार्य गर्न  नहुने, गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरू गर्ने काम गर्न नपाइने लगायतका आचारसंहिता जारी गरेको हो ।

यस्तै, पार्टी नीति, नेतृत्व र निर्णयको विरुद्ध बोल्न र कार्य गर्न नहुने, पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने, पार्टीलाई क्षति वा नोक्सान पुग्ने गरी घात, अन्तर्घात गर्न नहुने, फेसबुक वा सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इङ्गित गरी लेख्न नहुने साथै गोपनीयता भङ्ग गरी अनधिकृत रूपमा मिडियामा सम्प्रेषण गर्ने कार्य गर्न नहुनेलगायतका आचारसंहिता जारी गरेको हो ।

यसैगरी नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको निलम्बन फुकुवा भएको एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।  साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका थापाको निलम्बन फुकुवा गरिएको भएपनि पद भने जोगिएन ।

नेकपा एमाले जिल्ला कमिटी मोरङले महानगर अध्यक्ष थापासहित सहसचिव नवराज नेपाल र वडा नम्बर–३ का अध्यक्ष लालमणि भट्टराईलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनका विषयलाई लिएर उनीहरूमथि कारबाही गरिएको थियो ।

शनिबार बसेको बैठकले थापाको निलम्बन फुकुवा गरेपनि महानगर अध्यक्षको जिम्मेवारी नरहने निर्णय गरेको छ भने सहसचिव नेपाललाई ४ महिना र भट्टराईलाई ६ महिनासम्म निलम्बन गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!