धनकुटाका यातायात व्यवसायीको गुनासो, ‘खर्च बढ्दो, आम्दानी घट्दो’
धनकुटा । धनकुटाका सार्वजनिक यातायात व्यवसायीहरुले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कठिनाइ भएको गुनासो गरेका छन् । उनीहरुले दोहोरोतेहेरो करले गर्दा थप समस्या भोग्नुपरेको बताएका छन् ।
कोशी प्रदेशको सुशासन तथा योजना संसदीय समितिले आयोजना गरेको सार्वजनिक यातायात सञ्चालनका समस्या र चुनौती विषयक अन्तरक्रियाका सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।
बढ्दो सञ्चालन खर्च र घट्दो आम्दानीले व्यवस...































