
विराटनगर । विराटनगरमा आज साँझ मुस्लिम समुदायको मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार बोकेर हिँडेको फेला परेपछि प्रहरीले हतियार नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका वडा नं.१३ सोमबारेबाट प्रहरीले नक्कली हतियार नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले साँझ करिब ६ः४५ बजे हतियार नियन्त्रणमा लिएको छ ।
सो हतियार जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

संगालोखबर 



















