सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका–१ हिलेमा एक व्यापारीले अनुगमनमा गएका टोलीलाई आफ्नो पसलको सटरभित्र थुनिदिएका छन् । शुक्रबार बजार अनुगमनका क्रममा पुगेको टोलीलाई स्थानीय व्यापारी भीमप्रसाद खतिवडाले थुनिदिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च लगायतले संयुक्त रुपमा बजार अनुगमन गरेका थिए ।

Advertisement

खतिवडाको पसलमा म्याद गुज्रिएका सामान भेटिएको थियो । ती सामान बेच्न नमिल्ने भएपछि अनुगमन टोलीले जफत गर्ने बताउँदा उनी आक्रामक रुपमा प्रस्तुत भएका थिए । खतिवडाले आफूलाई गरिखान नदिएको भन्दै टोलीलाई पसल नै जिम्मा भनेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जफत गरेको सामान बराबरको रकम कम्पनीबाट पाउनुहुन्छ भन्दै सम्झाइरहेका थिए ।

खतिवडा भने कसैको कुरा नसुनी एकोहोरो रुपमा कराइरहेका थिए । ‘यो पसल केके गर्नु हुन्छ गर्नुहोस् गरिखान नदिने भए अब पसल तपाईंहरुकै जिम्मामा’ भन्दै उनी आक्रोसित भएका थिए । त्यसपछि टोली पसलभित्रै भएका बेला पछाडिपटिको ढोकाबाट निस्केर ताला लगाए अनि बाहिर निस्किएर उनले सटर बन्द गरे ।

सुरक्षामा खटिएका प्रहरीले सटर खोलेपछि मात्रै अनुगमन टोली बाहिर निस्कन पाएको थियो । यस्तो उच्छृ्रङ्खल र अभद्र व्यवहार गर्दा ५ हजारदेखि २० हजारसम्म जरिवाना हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी रायमाझीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!