सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । नेपालका २६ जिल्लामा कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि अनुदान वितरण गरेको जानकारी दिइएको छ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले आज धनकुटामा गरेको एक कार्यक्रममा यो जानकारी दिइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले २६ जिल्लाअन्र्तगत १ ७१ स्थानीय तहहरुमा ४४७ उप–आयोजनाहरुलाई अनुदान प्रदान गरेको जनाइएको छ । नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यावसायीकरणलाई बढाउन नेपाल लाइभ स्टक सेक्टरले सहयोग गर्दै आएको छ ।

Advertisement

मासु तथा दुग्ध उत्पादक फर्महरुलाई आर्थिक सहयोगका साथै प्राविधिक सेवा, सीप विकास तालिम र बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सहयोग आइरहेको जनाइएको छ । विश्व बैंकको ऋण सहयोगमा २०७४ सालबाट सञ्चालनमा आएको आयोजनाबाट धनकुटामा सञ्चालन भएका उपआयोजनाहरुको कार्यप्रगति विवरणसहित स्थानीय तहका पशु सेवा शाखाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ ।

आयोजना सञ्चालनले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यावसायीकरणलाई बढावा दिनुका साथै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको आयोजना प्रमुख डा. सुधिरकुमार सिंहले दाबी गरे । आयोजना जिल्लाका धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सञ्चालनमा छ ।

आयोजनाअन्र्तगत धनकुटाका चारवटा फर्मले मासुका लागि र दुईवटा फार्मले दुध उत्पादनका लागि अनुदान पाउँदै उपआयोजना सञ्चालन गरेका छन् । अनुदानले कृषकहरुलाई आधुनिक प्रविधि र व्यावसायिक तरिकाले खेती तथा पशुपालन गर्न प्रोत्साहन गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगानले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!