सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३, खुवाफोककी रुपमाया लिम्बुको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । स्तन क्यान्सर रोगबाट ग्रसित भएपछि उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

Advertisement

स्थानीय भीमबहादुर लिम्बुकी श्रीमती ६० वर्षीया रुपमायाको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको परिवारले जनाएको छ ।

उनको एक वर्षयता उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि खर्च जुटाउन समस्या भएको हो । आफूहरुसँग भएको पैसा अहिलेसम्म उपचार गर्दा सकिएको परिवारले जनाएको छ ।

लिम्बुको परिवारले थप उपचारमा लाग्ने सहयोगका लागि मनकारी दाताहरुसँग मद्दत खोजेको छ । उपचारमा सहयोग गर्नका लागि सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ५५५०२२९१०९३ मा रकम जम्मा गरिदिन आग्रह गरिएको छ ।

यसैगरी, सहयोग गर्न इच्छुकले श्रीमान् भीमबहादुर लिम्बुलाई ९८०६३४२२९५ र छोरी गीता लिम्बुलाई ९८०७३७६४११ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!