सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । असार १५ का दिन आज धान दिवसका रुपमा धनकुटामा पनि विभिन्न कार्यक्रम गरिएको छ । धनकुटा नगरपालिका–६ स्थित पात्लेमा पञ्चेबाजासहित बेठी लगाएर धान रोपाइँ गरियो ।

Advertisement

विभिन्न सरकारी निकाय, संघ संस्था, कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियानलगायत संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो । धनकुटामा रहेको निजामती आवसीय माविका विद्यार्थीहरुले पनि खेतमा धान रोपेर उत्साहका साथ धान दिवस मनाएका थिए ।

विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञान दिने उद्देश्यले रोपाइँमा सहभागी गराइएको निजामती विद्यालय धनकुटाकी शिक्षिका स्मारिका पोख्रेलले बताइन् ।

कतिपय गाउँघरमा अझै पनि असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

यसै अवसरमा दही, चिउरासँगै केरा, आँप, काँक्रा जस्ता चिज खाएर रमाइलो गर्ने चलन पनि छ । असार १५ का दिन दही चिउरा खानु नेपालीहरुको लामो समयदेखिको परम्पराका रुपमा चिनिएको छ ।

 

आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!