सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको भेडेटारमा किरातीहरुको महत्वपूर्ण चाड उभौली साकेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । किरात राई यायोख्खा समिति साँगुरीगढीको आयोजनामा सांस्कृतिक कार्यक्रम गरी उभौली पर्व मनाइएको हो ।

Advertisement

त्यस अवसरमा किराती समुदायले विभिन्न कला संस्कृति झल्काउने झाँकी, चण्डी नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री सुदन किरातीको पनि सहभागिता थियो । त्यस अवसरमा उनले भेडेटारलाई पर्यटनको हब बनाउनका लागि बहुसांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।

बहुसांस्कृतिक केन्द्र बनाउन सकिए चासोक तङ्नाम, भूमिपूजा, हुर्रा नाच, लोसार लगायत पर्व मनाउन भेडेटार अझ उपयुक्त स्थान बन्ने राईले उल्लेख गरे ।

किराती राईहरुको दोस्रो ठूलो पर्व उभौलीमा अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाइने यो पर्वका अवसरमा एक आपसमा शुभकामना साटासाट गर्ने साथै साकेला नाच्ने गरिन्छ ।

किरातको धार्मिक पुस्तक मुन्धुम अनुसार समयलाई उधौली र उभौली गरी दुई भागमा वर्गीकरण गरिएको छ । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!