सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाका सार्वजनिक यातायात व्यवसायीहरुले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कठिनाइ भएको गुनासो गरेका छन् । उनीहरुले दोहोरोतेहेरो करले गर्दा थप समस्या भोग्नुपरेको बताएका छन् ।

Advertisement

कोशी प्रदेशको सुशासन तथा योजना संसदीय समितिले आयोजना गरेको सार्वजनिक यातायात सञ्चालनका समस्या र चुनौती विषयक अन्तरक्रियाका सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।

बढ्दो सञ्चालन खर्च र घट्दो आम्दानीले व्यवसाय धान्न मुस्किल परेको उनीहरुको भनाइ छ । कानुनी र नियामक जटिलताले पनि व्यवसाय प्रभावित भएको र हरेक दिन नयाँ नियम बनेपनि कार्यान्वयन प्रक्रिया अझै जटिल रहेको उनीहरुले बताए ।

सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया पूरा गरेको ३ वर्षमा पनि कार्ड नपाउने समस्या रहेको उनीहरुले बताए । राजमार्गमा गुण्डागर्दी शैलीमा उठाइने करले समस्यामा परेको यातायात व्यवसायी इन्द्र तितुङले बताए ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले व्यवसायीका समस्याप्रति सरकार संवेदनशील रहेको भन्दै सबै पक्षसँग छलफल गरेर समाधान खोज्ने बताए । यसैगरी, धनकुटा प्रहरी प्रमुख श्यामसिंह चौधरीले खराब सडक पूर्वाधार, अव्यवस्थित ट्राफिक, यात्रु सुरक्षा, कर्मचारी व्यवस्थापन लगायतका समस्यामा सहजीकरण गर्ने बताए ।

कार्यक्रमका सहभागीले ग्रामीण क्षेत्रमा रुट परमिट बिनै सवारी सञ्चालन हुने गरेको, टेम्पोको भाडा निर्धारण नभएको गुनासो गरेका थिए । व्यवसायीका गुनासा सम्बोधन गर्न प्रदेशको संसदीय समितिमा छलफल गरेर समाधान गर्न सरकारलाई निर्देशन दिने कोशी प्रदेशका सुशासन तथा योजना संसदीय समितिकी सभापति मालतीकुमारी लिम्बू बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!