सिधुवामा प्रहरी चौकी बनेको तीन वर्ष भयो, सञ्चालन भएन
धनकुटा । धनकुटाको सिधुवा प्रहरी चौकी निर्माण भएको तीन वर्ष बितिसक्दा पनि प्रयोग भएको छैन । चौकीसम्म पुग्ने सडक स्तरोन्नति र खानेपानी व्यवस्था नहुनु जस्ता कारणले चौकी सञ्चालनमा आउन नसकेको हो ।
छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा प्रहरी चौकी निर्माण गरिएको छ । निर्माण सम्पन्न भई २०७८ असार ६ गते उद्घाटन पनि भएको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले चौकी भवन उद्घाटन गरेक...































