धनकुटाका ६ पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

धनकुटाका ६ पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

धनकुटा । धनकुटाका ७ वटा स्थानीय तहमध्ये ६ वटाले मात्रै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका तथा चौबिसे, साँगुरीगढी र सहिदभूमि गाउँपालिकाले बजेट ल्याएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । धनकुटा नगरपालिका र सहिदभूमि ...
धनकुटामा विपद् प्रतिकार्यका लागि समुदायस्तरमा स्वयंसेवक समूह निर्माण गरिँदै

धनकुटामा विपद् प्रतिकार्यका लागि समुदायस्तरमा स्वयंसेवक समूह निर्माण गरिँदै

धनकुटा । धनकुटामा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङमा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक तालिम सुरु गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेड क्वाटर छिन्ताङको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । जसमध्ये १३ जना पुरुष...
धनकुटाको सिधुवा बजारको झण्डा पार्कमा आन्तरिक पर्यटकको चहल-पहल (फोटो फिचर)

धनकुटाको सिधुवा बजारको झण्डा पार्कमा आन्तरिक पर्यटकको चहल-पहल (फोटो फिचर)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजार नजिकै झण्डा पार्क बनाइएको छ । उक्त पार्कमा आन्तरिक पर्यटकहरू रमाउन थालेका छन् । पर्यटकीय स्थलमा झण्डा पार्क बनाइएपछि टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्न थालेको छ । रमणीय दृष्यमा फोटो भिडियो खिच्न र रमाउन विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
पञ्चेबाजा संरक्षणमा जुटे तुम्लिङटारका महिलाहरू

पञ्चेबाजा संरक्षणमा जुटे तुम्लिङटारका महिलाहरू

धनकुटा । संखुवासभाको खाँदबारी नगरपालिका स्थित तुम्लिङटारका महिलाहरू लोप हुँदै गएको नौमती पञ्चेबाजा संरक्षणमा जुटेका छन् । उनीहरू आमा समूह नै गठन गरेर पञ्चेबाजा संरक्षणमा लागि परेका हुन् । विभिन्न धार्मिक कार्य, विवाह, व्रतबन्ध र अन्य समारोहमा महिलाहरूको समूहले पञ्चेबाजा बजाइरहेका छन् । खाँदबारी नगरपालिका वडा नम्बर ९ को कार्यालयसँग उनीहरूले बाजा माग गरेका थिए । पछिल्लो समय संस्कार, संस्कृतिसँगै...
धनकुटाको तल्लो भू-भागका किसान खडेरीको चपेटामा

धनकुटाको तल्लो भू-भागका किसान खडेरीको चपेटामा

धनकुटा । समयमै वर्षा नहुँदा धनकुटाको तल्लो भू-भागमा अधिकांश स्थानका खेतीयोग्य जमिन बाँझै छन् । लामो समयको खडेरीका कारण सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझो भएका हुन् । असारको पहिलो साता बित्न लाग्दा समेत धनकुटाको तल्लो भू-भागमा वर्षा भएको छैन । पाख्रीबास नगरपालिका-५ स्थित भैसेका करिब २० घर परिवार बर्खा लाग्दासमेत पानी नपरेपछि चिन्ता छन् । उनीहरूले मुख्य बालीका रूपमा मकै, कोदोलागायतका नगदे बाली ल...
धनकुटामा फौजी किराको प्रकोप, मकैबालीमा क्षति पुग्दा कृषक चिन्तित

धनकुटामा फौजी किराको प्रकोप, मकैबालीमा क्षति पुग्दा कृषक चिन्तित

धनकुटा । धनकुटामा फौजी किराको प्रकोप फैलिएको छ । मकैखेती लगायतका बालीमा अमेरिकन फौजी कीराको प्रकोप फैलँदा कृषक चिन्तित भएका छन् । नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेका कारण धनकुटामा वर्षेनी मकैबाली लगायतको हरियोबालीमा क्षति हुँदै आएको छ । पाख्रीबास नगरपालिका-५ स्थित दियालेका कृषकले लगाएको मकै लगायतको बाली फौजी किराले सखाप बनाएको छ । स्थानीय कृषक देवेन्द्र बहादुर निर...
धनकुटाको विश्रान्ती वृद्धाश्रम र गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण

धनकुटाको विश्रान्ती वृद्धाश्रम र गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण

धनकुटा । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड धनकुटाले विश्रान्ति वृद्धाश्रम र गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा लजिस्टिक सामग्री हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत दुरसञ्चारले धनकुटा नगरपालिका-९ स्थित मूलघाटमा रहेको विश्रान्ति मन्दिरमा संचालित वृद्धाश्रम र गुरुकुललाई सहयोग गरेको हो । दुरसञ्चारले चामल, दाल र भुजा लगायतका खाद्यान्न र फ्रिज हस्तान्तरण गरेको छ । ...
ट्रयाक खोलेको २६ वर्षपछि हिले-चोक्रोक-भीरगाउँ-मधुगंगा सडक कालोपत्रे 

ट्रयाक खोलेको २६ वर्षपछि हिले-चोक्रोक-भीरगाउँ-मधुगंगा सडक कालोपत्रे 

धनकुटा । धनकुटाको हिले-चोक्रोक-भीरगाउँ-मधुगंगा सडक धमाधम कालोपत्रे भइरहेको छ । धनकुटा नगरपालिकाको रिङरोड अवधारणा अन्तर्गत रहेको उक्त सडकखण्ड ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे सुरु भएको हो ।  विश्व बैंकको ३६ करोड रुपैयाँ अनुदान सहयोगमा सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ । हिले-चोक्रोक र भीरगाउँ हुँदै धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंगा धामसम्म पुग्ने करिब ७.२ किलोमिटर सडक कालोपत्रे भइर...
धनकुटाको गर्गाचार्य विश्वभाषा पुस्तकालयद्वारा पाँच जनालाई नदगसहित सम्मान

धनकुटाको गर्गाचार्य विश्वभाषा पुस्तकालयद्वारा पाँच जनालाई नदगसहित सम्मान

धनकुटा । धनकुटाको नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गरेको छ । शनिबार पुस्तकालयको १५ औं वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा उनीहरूलाई नगदसहित सम्मान गरिएको हो । पत्रकारिता र साहित्यको माध्यमबाट समग्र राष्ट्रका लागि योगदान पुर्याएको भन्दै गर्गाश्री सम्मानबाट इटहरीका साहित्यकार तथा पत्रकार कृष्णप्रसाद अधिकारी सम्मानित भएका छन् । यस्तै धनन...
लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रिय भूमिका छ : बरिष्ठ प्रहरी उपरीक्षक फुयाल

लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रिय भूमिका छ : बरिष्ठ प्रहरी उपरीक्षक फुयाल

धनकुटा । प्रदेश प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रिय भूमिका रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका उनले यस्तो बताएका हुन् । कोशी प्रदेशमा पछिल्लो समय लागूऔषध बेचबिखन र यसका प्रयोगकर्ता बढ्दै गएको बताउँदै उनले यसको न्यूनिकरणका लागि प्रहरीले आफ्नो ठाउँबाट शसक्...
धनकुटामा ७७ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन, पाँच सय बढीको आँखा परीक्षण

धनकुटामा ७७ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन, पाँच सय बढीको आँखा परीक्षण

धनकुटा । धनकुटाको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालमा ७७ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन गरिएको छ । तीन दिनसम्म संचालन भएको निःशुल्क आँखा तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरमा पाँच सय बढीले निःशुल्क सेवा लिएका छन् । आँखा परीक्षण गरिएकाहरूलाई आवश्यक परामर्श, चस्मा र औषधी समेत निःशुल्क उपलब्ध गराइएको अस्पतालका निवर्तमान अध्यक्ष तथा केन्द्रिय प्रवक्ता द्रोणप्रसाद गुरागाईंले जानकारी दिए । ध...
धनकुटामा आठपहरिया समुदायको पहिचान बोकेको ‘सुजुना’ उपन्यासमाथि परिचर्चा

धनकुटामा आठपहरिया समुदायको पहिचान बोकेको ‘सुजुना’ उपन्यासमाथि परिचर्चा

धनकुटा । धनकुटामा उपन्यासकार धनबहादुर आठपहरियाद्वारा लिखित ‘सुजुना’ उपन्यासको परिचर्चा गरिएको छ । नगर क्षेत्रमा मात्रै मुख्य बसोवास रहेका आठपहरियाको ‘मिसन पोएट्री’ र किरात आठपहरिया भाष साहित्य तथा सांस्कृतिक विभाग धनकुटाको संयुक्त आयोजनामा उपन्यासमाथि परिचर्चा गरिएको हो । धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक यज्ञप्रसाद गुरागाईंले पुस्तकमाथि परिचर्चा गर्दै आठपहरिया समुदायको सामाजिक, आर्थिक, सांस...
धनकुटामा सामुदायिक भवन निर्माणका लागि पुराण, सात लाख ६२ हजार रकम संकलन

धनकुटामा सामुदायिक भवन निर्माणका लागि पुराण, सात लाख ६२ हजार रकम संकलन

धनकुटा । धनकुटा नगरपालिका-६ वाघेखोलास्थित धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिरमा  आयोजना गरिएको श्रीमद् मत्स्य  महापुराणबाट सात लाख ६२ हजार रुपैयाँ संकलन भएको छ । आयोजक राधारानी मिलिजुली महिला समूहले पत्रकार सम्मेलन गर्दै पुराणको आयव्यय प्रस्तुत गर्दै रकम संकलन बारे जानकारी गराएको हो । पुराणमा कार्यालय, संघसंस्था, भक्तजन लगायतबाट सात लाख ६२ हजार ९५ रुपैयाँ आम्दानी भएको महिला समूहकी अध्यक्ष निरूता क...
नीतिगत अस्पष्टताले काष्ठजन्य वस्तु उपभोग गर्न समस्या भयो : मन्त्री पराजुली

नीतिगत अस्पष्टताले काष्ठजन्य वस्तु उपभोग गर्न समस्या भयो : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले नीतिगत समस्याका कारण वनमा रहेका काठको उपयोग गर्न समस्या भएको बताएका छन् । सोमबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ३१ औं स्थापना दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारमा वन सम्बन्धी कानुन, नीतिगत समस्याका कारण सामुदायिक वनमा रहेका काष्ठजन्य बस्तु उपभोग गर्न सम...
धनकुटा नगरपालिकाकी एकमात्र अटो चालक महिलालाई नगदसहित सम्मान

धनकुटा नगरपालिकाकी एकमात्र अटो चालक महिलालाई नगदसहित सम्मान

धनकुटा । धनकुटा नगरपालिकाकी एकमात्र अटो चालक महिला तृष्णा राईलाई नगदसहित सम्मान गरिएको छ । धनकुटा-७ टोमुवा निवासी राईलाई आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा छ हजार नगदसहित सम्मान पत्रले सम्मान गरिएको हो । नगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवा क्षेत्रमा एकमात्रै महिला सवारी चालकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै महिलाको रोजगारी र सशक्तिकरणमा पुर्याएको योगदानको कदर गर्दै उनल...
धनकुटालाई ट्राइबेकरमा हराउँदै बेलबारीले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटालाई ट्राइबेकरमा हराउँदै बेलबारीले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । धनकुटामा सञ्चालित १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक धनकुटालाई ट्राईबेकरमार्फत ५-४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा बेलबारीका सोलमन किङ, शिशिर लेखे, विदेशी खेलाडी मुटिभ, विशाल थिङ...
भीमनारायण गाेल्डकप : सहलेशलाई ०-१ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश

भीमनारायण गाेल्डकप : सहलेशलाई ०-१ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश

धनकुटा । धनकुटामा जारी १८ औं संस्करणकाे सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम फाइनलामा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लब सिराहालाई ०-१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको । धनकुटाको तल्लो टुँडिखेलमा भएकाे खेलकाे ९ औं मिनेटमा अमित मिश्रले गरेकाे गाेल नै आयाेजककाे लागि निर्णायक बन्याे । पटकपटककाे मौका सिराहाले सदुपयाेग गर्न सकेन । खेल...
कोशीमा स्थानीय तह र प्रदेशबाट जारी कानुनको डिजिटल अभिलेखीकरण सुरु

कोशीमा स्थानीय तह र प्रदेशबाट जारी कानुनको डिजिटल अभिलेखीकरण सुरु

धनकुटा । कोशी प्रदेश सरकारले प्रदेश र स्थानीय तहबाट जारी कानुन पहिलो पटक डिजिटल माध्यमबाट अभिलेखीकरण सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालसँगको सहकार्यमा धनकुटाको हिलेमा एक कार्यक्रमको आयोजना गर्दै कानुनको डिजिटल अभिलेखीकरण सुरुवात गरेको हो । अभिमुखीकरण कार्यक्रममा प्रदेश सरकार, स्थानीय तहका प्रतिनिधि, कानुन अधिकृत तथा सरोकारवाला निकायका प्रतिनिध...
भीमनारायण गोल्डकप : सातदोबाटोलाई हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश

भीमनारायण गोल्डकप : सातदोबाटोलाई हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश

धनकुटा । धनकुटामा जारी १८ औं संस्करणकाे सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा सातदोवाटो युथ क्लब ललितपुरलाई हराउँदै बेलबारी फुुटबल क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेकाे छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएकाे खेलमा सातदाेबाटाेलाई ०-१ गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा पुगेकाे हाे । खेलको ८० औं मिनेटमा बाबा टुण्डेले गरेकाे गोल नै बेलबारीका लागि निर्णायक बन्याे । सातदोबाटाेले बारम्बार माैक...
धनकुटाको तमोर नदीमा विपद् प्रतिकार्य सम्बन्धी संयुक्त नमुना अभ्यास

धनकुटाको तमोर नदीमा विपद् प्रतिकार्य सम्बन्धी संयुक्त नमुना अभ्यास

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदीमा मनसुन पूर्व विपद्जन्य घटनामा आधारित विपद् प्रतिकार्य संयुक्त अभ्यास गरिएको छ । आज भीमदल गण सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा मनसुन पूर्व विपद् प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास गरिएको हो । वर्षातको मौसम सुरु भएसँगै बाढी र आगलागीका कारण कयौँले ज्यान गुमाउने गरेका छन् । सोही घटनालाई मध्यनजर गर्दै राहत तथा उद्धारमा ढिलाइ हुँदा पर्ने असर समेतलाई ...
सहिद भीमनारायण गोल्डकपमा आज गाईघाट र बिर्तामोड भिड्दै

सहिद भीमनारायण गोल्डकपमा आज गाईघाट र बिर्तामोड भिड्दै

धनकुटा । धनकुटामा सुरु भएको १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकपमा आज गाईघाट फुटबल क्लब उदयपुर र बिर्तामोड युनाइटेड क्लब झापाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल तल्लो टुँडिखेलमा दिउँसो ३ बजे सुरु हुनेछ । आइतबार भएको उद्‌घाटन खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिराहाले विजयी सुरुवात गरेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खे...
उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ७५ प्रतिशत मुद्दा फछर्यौट

उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ७५ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले चालु आर्थिक वर्ष २०८२/०८३ मा ७५ प्रतिशत अर्थात दुई सय ४६ थान मुद्दा फछर्यौट गरेको छ । अदालतले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै गत साउनदेखि जेठ ७ गतेसम्म भएको प्रगतिको जानकारी दिएको हो । अदालतले तीन सय २५ थान मुद्दामध्ये दुई सय ४६ थान फछर्यौट गरेको जनाएको छ । जिम्मेवारी सरेर आएका ३५ र नयाँ दर्ता भएका दुई सय ९० गरी तीन सय २५ मुद्दा...
धनकुटामा प्रभावकारी बन्दै शिरोधारा उपचार पद्धति

धनकुटामा प्रभावकारी बन्दै शिरोधारा उपचार पद्धति

धनकुटा । धनकुटा स्थित सल्लेरीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । केन्द्रले नयाँ उपचार विधि विस्तार गरेपछि आयुर्वेद केन्द्रमा सेवाग्राहीको आकर्षण बढ्न थालेसँगै शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको हो । आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा लोकप्रिय सुख चिकित्सात्मक उपचार पद्धति मानिन्छ । शिरोधारा अन्तरगत निधार वा शिरमा...
धनकुटामा जेठ १० गतेदेखि भीमनारायण गोल्डकप हुने

धनकुटामा जेठ १० गतेदेखि भीमनारायण गोल्डकप हुने

धनकुटा । धनकुटामा यही जेठ १० गतेदेखि १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप  फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर जेठ १० देखी १६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो । प्रतियोगिताको विजेता टिमले ६ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार पुरस्कार प्रदान गरि...
राष्ट्रिय युवा संघद्वारा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

राष्ट्रिय युवा संघद्वारा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शुक्रवार धनकुटा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । संगठनको ३७ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ धनकुटाले बिरामीहरूलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका करिब ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष देवी राईले जानकारी दिए । सो अवसरमा नेकपा एमाले धनकुटाका अध्यक्ष शिव...
धनकुटाको हिलेमा वाहिनीपति ट्रफी प्रतियोगिता सुरु

धनकुटाको हिलेमा वाहिनीपति ट्रफी प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको हिलेस्थित २ नम्बर वाहिनी अड्डामा वाहिनीपति ट्रफी सुरु भएको छ । २ नम्बर वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेल मैदानमा बुधबारबाट वाहिनीपति ट्रफी सुरु भएको हो । वाहिनीपति ट्रफी प्रतियोगिताको उद्‌घाटन २ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले गरे । उद्‌घाटन समारोहमा बोल्दै वाहिनीपति राणाले सकलदर्जाको सामूहिक भावना, एस्प्रिट डी कोरको विकास, पृतनाप...
बिर्तामोड युनाइटेडले हात पार्यो रारा गोल्डकपको उपाधि

बिर्तामोड युनाइटेडले हात पार्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३ औं रारा गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड एफसी (झापा) ले हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक रारा फुटबल क्लब (राजारानी) लाई ट्राइब्रेकरका ५-४ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरका धकेलिएको थियो । दास्रो हाफको ३३ औं मिनेटमा आयोजक राराका मनिकुमार लामाले पेनाल्टीमार्फत गोल गरेका थिए ।...
डेरी उद्योगमा स्थापित धनकुटाका राजु, ७ जनालाई प्रत्यक्ष रोजगारी

डेरी उद्योगमा स्थापित धनकुटाका राजु, ७ जनालाई प्रत्यक्ष रोजगारी

धनकुटा । धनकुटा नगरपालिका-२ भिरगाउँका राजु घिमिरे एक दशकदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । डेरी उद्योगबाट राम्रो आम्दानी गरिरहेका घिमिरेले स्थानीयलाई रोजगारी पनि दिएका छन् । डेरीमा उत्पादन हुने दुग्धजन्य उत्पादनको माग बढेसँगै आम्दानी पनि बढेको छ । उनले भिरगाउँमा डेरी उद्योग सञ्चालन गरको दशवर्ष बढी भयो । हिले बजारमा पनि उनले ३ वर्षदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । सिंहदेवी डेरी उद्योग...
पर्यटन प्रवर्द्धनका लागि चोत्लुङ पार्कमा साहित्यिक गोष्ठी

पर्यटन प्रवर्द्धनका लागि चोत्लुङ पार्कमा साहित्यिक गोष्ठी

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा अवस्थित चोत्लुङ पार्कमा दुई दर्जन बढी स्रष्टा गुञ्जिएका छन् । लालिगुराँस नगरपालिकाले आयोजना गरेको लालीगुँरास महोत्सवको साहित्यिक गोष्ठीमा आ-आफ्ना सिर्जना प्रस्तुत गरेका हुन् । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लेखक उपेन्द्र सुब्बालगायत २७ जना स्रष्टाहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा कवि चन्द्र गुरुङ, राज माङ्लाक, प्रदिप मेन्याङ्वो, हेम...
धनकुटामा अब हुलाकमार्फत घरमै राहदानी पुर्‍याइने

धनकुटामा अब हुलाकमार्फत घरमै राहदानी पुर्‍याइने

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले अब घरमै राहदानी पठाइदिने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय आएर लिनुपर्ने राहदानी अब हुलाकमार्फत घरमै पठाइने भएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारले सेवाग्राहीको सहजतालाई ध्यान दिदै घरमै राहदानी पुर्याउने योजना बनाएपछि धनकुटामा पनि यसलाई कार्यान्वयन गर्न लागिएको हो । सरक...
पूर्वाञ्चल गट ट्यालेन्ट : गायनतर्फ सुज्ञान, नृत्यमा सुम्निमा, शिशिर र सेमिना विजयी

पूर्वाञ्चल गट ट्यालेन्ट : गायनतर्फ सुज्ञान, नृत्यमा सुम्निमा, शिशिर र सेमिना विजयी

धनकुटा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-७’ को फाइनलमा गायनतर्फ झापाका सुज्ञान खनाल, नृत्य जुनियरतर्फ झापाकी सुम्निमा राई र नृत्य सिनियरतर्फ पाँचथरका शिशिर नेम्वाङ र सेमिना लिम्बू विजयी भएका छन् । धनकुटाको तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा उनीहरू विजेता भएका हुन् । प्रतियोगितामा गायनतर्फ पाँचथरका पवन राई द्वितीय र झापाकी दिव्या लाम्गादे तृतीय भएका छन् । नृत्य जुनियरतर्फ झापाकी स...
error: Content is protected !!