सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–१ स्थित हिले बजारका होटल तथा किराना पसलहरुमा छड्के अनुगमन गरिएको छ । बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा बढी होटल तथा पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारका पसलहरुमा म्याद गुज्रेका खाद्य सामान रहेको पाइएको थियो । ती पसलहरुमा भेटिएका म्याद गुज्रेका अखाद्य वस्तु जफत गरिएको छ ।

Advertisement

उपभोग्य मिति सकिएका खाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । कतिपय पसलहरुमा मूल्यसूची नराखेको पाइएको थियो । मूल्यसूची नभएका पसलहरुलाई अनिवार्य रुपमा मूल्यसूची टाँस गर्न निर्देशन दिइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले बताए ।

हिले बजार क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा होटलहरुमा सरफाई, खाद्य वस्तुको गुणस्तरमा सुधार गर्न सुझाव दिइएको छ । होटहरुमा बिना अनुमति मदिरा तथा पेय पदार्थ बेचबिखन नगर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च लगायतका प्रतिनिधिले संयुक्त रुपमा बजारमा अनुगमन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!