
विराटनगर । विराटनगरका काँग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दी पृष्ठभूमिका गिरीलाई प्रहरीले आज बिहान करिब १० बजे नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिनुअघि प्रहरीले उनको घरमा छापा हानेको थियो । छापा हान्दा के फेला पर्यो र उनलाई किन पक्राउ गरियो भन्ने खुलेको छैन ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले अनुसन्धानको कारण देखाउँदै यो विषय तत्काल खुलाउँन नमिल्ने प्रतिक्रिया दिए ।

संगालोखबर 



















