सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा एकदिने करदाता शिक्षा सञ्चालन गरिएको छ । उद्योग वाणिज्य संघ धनकुटा र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजनामा करदाता शिक्षा सञ्चालन गरिएको हो ।

Advertisement

कार्यक्रममा विभिन्न प्रकारका करसम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा भेडेटार आसपासका होटल सञ्चालक तथा व्यवसायीको सहभागिता थियो । सहभागीहरुले विगतको भन्दा अहिले कर बुझाउन झन्झटिलो प्रक्रिया रहेकाले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

सहभागीहरुलाई कारोबारको लेखा कसरी राख्ने, बिल बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबै कर तिर्नुपर्ने बताए । उनले नागरिकको दायित्व अन्तर्गत कर तिर्ने कार्य समेत परेकाले व्यवसायीहरुले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसञ्तोषी राईले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताए । उनले कर तिर्ने सहज वातावरण सिर्जना गरी करदाताको सम्मान गरिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा साँगुरीगढी गाउँपालिका राजस्व शाखा, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा, करदाता सेवा कार्यालय र खाद्य तथा गुण नियन्त्रण कार्यालयका लगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!