सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५, स्थित कटहरेकी क्यान्सरपीडित अस्मिता बराइलीलाई उपचारमा समस्या भएको छ । उपचारका लागि आवश्यक पर्ने रकम अभाव हुँदा उनी समस्यामा परेकी हुन् ।

पाठेघरको मुखको क्यान्सर रोगबाट ग्रसित भएपछि उनी उपचार गराउँदै आएकी छन् । स्थानीय झमक विश्वकर्मा र विमला विश्वकर्माकी छोरी २६ वर्षीया अस्मिता दुई वर्षअघि सामान्य पेट दुखेकाले जिल्ला अस्पताल धनकुटामा जँचाउन आएकी थिइन् ।

Advertisement

जाँचका क्रममा जिल्ला अस्पतालमा कुनै रोग पत्ता नलागेपछि उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गइन् । त्यहाँ परीक्षण गर्दा क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन् ।

उनको पाठेघरको बाहिरी सेकाइको उपचार सकिएको छ । बाहिरी सेकाइ सकेर भित्री सेकाइका लागि एक महिनापछि बोलाइएको थियो । तर ३ महिना बितिसक्दा पनि रकम अभावका कारण जान नसकेको अस्मिताको भनाइ छ ।

अहिलेसम्मको उपचारमा आफूसँग भएको रकम खर्च भइसहेको उनका बुवा झमकले बताए । अबको उपचारका लागि खर्च नभएकाले समस्या भएको उनले सुनाए । ‘हाम्रो अवस्था कमजोर छ, त्यसैले अबको उपचार गराउन नसक्ने अवस्थामा पुगेका छौं’ उनले भने, ‘छोरीको उपचारका लागि मनकारी दाताहरुबाट सहयोगको आशा गरेका छौं ।’ क्यान्सरपीडित बराइलीका ८ र १० वर्षीया दुईजना छोरी छन् ।

सहयोग गर्नेहरुका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर १९४०७०१००७९०७३ (अस्मिता बराइली) मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ । यसबारे केही बुझ्नु परेमा फोन नम्बर ९८११३५८०२४ (झमक), ९८२९३०४३१३ (अस्मिता) लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!