सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा भएको आगलागीमा १ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । हिजो अपराह्‍न भएको आगलागीबाट स्थानीयका तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । घरसहित धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएका छन् । यज्ञबहादुरको किराना पसल, सुनलगायत धनमाल चल्दा करिब ४० लाख ७३ हजार बरबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, श्रीचन्द्रको घरसहित धनमाल जल्दा करिब २५ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सूर्यबहादुरको घरसहित धनमाल जलेर नष्ट हुँदा करिब ३६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिए ।

नेपाल प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको उल्लेख गर्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!