सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा रहेको गंर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको अध्यक्षमा घनश्याम बराल पुनः निर्वाचित भएका छन् । पुस्तकालयको १३औं वार्षिकोत्सव तथा साधारणसभाले उनको नेतृत्वमा कार्यसमिति गठन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा यज्ञप्रकाश चापागाईं र दामोदर मिश्र, महासचिवमा मुकुन्द प्रयास, कोषाध्यक्षमा सुमना तिम्सिना र सचिवमा रविन्द्र नेपाली छन् । सदस्यमा रमेशबहादुर दाहाल, नोकेन्द्रकुमारी रिजाल, सन्तवीर लामा, चिनु काफ्ले, सरोज श्रेष्ठ, सुशीला मिश्र र विनय गुरागाईं छन् ।

Advertisement

सल्लाहकारमा विकास प्रधान, आनन्द सन्तोषी राई, यज्ञप्रसाद गुरागाईं, द्रोण गुरागाईं र डा. गोपालबहादर भट्टराई छन् भने प्राज्ञिक सल्लाहकारहरुमा प्रा.डा. गोपाल भण्डारी र प्राज्ञ विवश पोखरेल, डा. श्यामप्रसाद वाग्ले र खगेन्द्र घिमिरे छन् । कोष सञ्चालन समितिमा तारानाथ मिश्र र पद्मप्रसाद काफ्ले छन् ।

धनकुटा नगरपालिका–५, देवानटारमा रहेको पुस्तकालय २०६८ सालमा स्थापना भएको हो । स्थानीय टीकाप्रसाद लामिछानेले दुई तले पक्की घरसहित संस्था स्थापना गरेका थिए ।

आधा रोपनी क्षेत्रफलमा करिब २ करोडको लगानीमा निर्माण भएको भवन लामिछानेले पुस्तकालयको नाममा दान गरेका थिए । पुस्तकालयमा विभिन्न भाषा तथा विधाका पुस्तक तथा पत्रिकाहरु गरी ४६ हजारभन्दा बढी पाठ्यसामग्री छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!