सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा लिम्बूको आठौँ स्मृति दिवस अवसरमा अनाथ बालबालिकालाई फलफूल वितरण गरिएको छ । धनकुटा नगरपालिका–४ स्थित श्रीपञ्चमी पार्कमा रहेको अनाथालयका बालबालिकालाई खाद्यान्न र सामग्री वितरण गरिएको हो ।

Advertisement

कार्यक्रममा धनकुटा नगरपालिका उपप्रमुख भीमादेवी खनाल, प्रतिष्ठानकी संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवा, धनकुटा नगरपालिकाकी पूर्व उपप्रमुख शकुन्तला बस्नेत, सामाजिक अगुवाहरू ऋषिराम ढुङ्गाना, तारा तितुङ र कविता कन्दङ्वा लगायतले आश्रममा रहेका बालबालिकालाई खाद्यान्न फलफूल र स्टेसनरी सामग्री वितरण गरेका थिए ।

उक्त बाल आश्रममा द्वन्द्वकालका घटना र विभिन्न कारणले आफ्ना बाबुआमा गुमाएका बालबालिका बस्दै आएका छन् । २०७३ साउन १३ गते धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिधुवामा बस दुर्घटनामा परी खेवाको निधन भएको थियो । उनैको सम्झनामा हरिराज स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना  गर्दै आएको छ । बस दुर्घटना हुँदा खेवासहित १४ जनाको निधन भएको थियो ।

स्वर्गीय खेवाको स्मृति दिवस अवसरमा बालबालिकालाई खाद्यान्न वितरण गरिएको प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए । स्मृति दिवसको अवसरमा आजै नेकपा माओवादी केन्द्र धनकुटाले जिरोप्वाइन्टमा रहेको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!