सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । २११औं भानु जयन्तीका अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्ताकलय धनकुटाले आदिकवि भानुभक्त आचार्यको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

त्यस अवसरमा धनकुटा नगरपालिका–५, देवानटारमा रहेको पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान योगदान दिने ९ जना अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गर्यो । कार्यक्रममा दुलव लामिछाने स्मृति छन्द पुरस्कार पाख्रीबास–१०, चुङ्माङका (हाल झापामा बसोबास) कवि विष्णु न्यौपानेलाई प्रदान गरियो ।

यस्तै, गर्गश्रीबाट सम्मान मारेक कटहरे (हाल धुलाबारी, झापा) का कमलाकान्त आत्रेयलाई प्रदान गरियो । सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईलाई सम्मानित सदस्यता प्रदान गरियो भने धननञ्जय घिमिरे स्मृति सम्मानबाट कुरुले तेनुपा, (हाल सुन्दरहरैँचा, मोरङ) का मेदिनीप्रसाद बराललाई प्रदान गरियो ।

यसैगरी, धनकुटाका पदमप्रसाद काफ्लेलाई मानार्थ सदस्यता प्रदान गरियो । स्वर्ण प्रभा पत्रकारिता पुरस्कारबाट धनकुटाका पत्रकार सन्तबीर लामा पुरस्कृत भए । लक्ष्मीकान्त देवकन्या रुक्मिणी पुरस्कारबाट कुरुले तेनुपा (हाल विराटनगर) का ज्योतिष शालिग्राम दाहाल, धनमाया लामिछाने युवा प्रतिभा पुरस्कार पाख्रीबासकी तुलसा स्वदेशी राई र डिल्लीमाया बराल स्मृति एकल महिला समाजसेवी पुरस्कार धनकुटाकी जयादेवी राईलाई प्रदान गरिएको पुस्तकलयका महासचिव मुकुन्द प्रयासले जानकारी दिए ।

संस्थाका संस्थापक अध्यक्ष टीकप्रसाद लामिछाने, प्रमुख अतिथि धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, संस्थाका अध्यक्ष घनश्याम बराल लगायतले जनही नगद ५ हजार १११ सहित सम्मानपत्र प्रदान गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!