सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । पाख्रीबासबाट धनकुटा सदरमुकाम आउँदै गरेको कार देब्रेबासमा दुर्घटना भएको छ । पाख्रीबास व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमको को २ च १३४१ नम्बरको कार दुर्घटना भएको हो ।

Advertisement

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा हुने बैठकमा सहभागी हुन आइरहेका कर्मचारी सवार उक्त कार धनकुटा नगरपालिका–४ देब्रेबासमा २ः२० बजे दुर्घटना भएको हो ।

सडकबाट करिब २५ मिटर तल खसेर स्थानीयको घरको भित्तामा कार ठोक्किएको थियो । कारका चालक मनिषकुमार ठाकुर र कर्मचारीहरु समेत गरी तीनजना सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ भने घरको भित्तामा पनि असर परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!