सन्तोष सुवेदी/संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको पाख्रीवासमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । गएराती वर्षासँगै परेको चट्याङ लागेर पाख्रीवास नगरपालिका-६ छरछरेका ६५ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो ।

राती करिव साढे १० बजे घरमा सुतिरहेका बेला चट्याङ लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

Advertisement

चट्याङले लागेर कार्कीको घरको भित्ता पनि चर्किएर क्षति भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!