सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा गत ६ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका ५६ वटा घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाद्वारा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा यो तथ्यांक प्रस्तुत गरिएको हो ।

जनवरीदेखि जुन महिनासम्म भएका मानवअधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरिएको थियो । त्यसअनुसार एकजनाको हत्या, दुईजनाको हत्या प्रयास, तीन महिला र पाँचजना बालबालिका बलात्कृत भएको जनाइएको छ ।

Advertisement

यसैगरी, एक महिलाको बलात्कारपछि हत्या, दुई बालबालिका माथि यौन दुरव्यवहार, एकजनालाई जातीय विभेद, दुईजना आत्माहत्या दुरुत्साहन र ३९ जना घरेलु हिंसामा पीडित भएको तथ्यांक भएको धनकुटाका इन्सेक प्रतिनिधि ईश्वर थापाले जानकारी दिए ।

स्थानीय तहहरु, प्रदेश सरकार र संघीय सरकारले मानव अघिकार उल्लंघनका घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेपनि त्यस्ता घटना कम नभएको पाइएको छ । सन् २०२३ मा धनकुटामा हत्या झगडा, कुटपिट, मोसो दलेको, घरेलु हिंसा, बलात्कार, बाल यौन दुर्व्यवहार, बालबिवाह, बोक्सीको आरोप, भौतिक संरचनामा क्षति, श्रमको हक र सार्वजनिक सेवाबाट वञ्चित लगायतब घटना १०३ वटा भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा मानवअधिकार उल्लघंनका बढ्दै गएको पाइएकाले आगामी दिनमा यस्ता घटना न्यूनीकरणमा ध्यान दिने बताए । यस्तै, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख स्यामसिंह चौधरीले धनकुटामा बढ्दै गएको मानवअधिकार उल्लंघनका घटनालाई मध्यनजर गर्दै न्यूनीकरणका लागि सक्दो प्रयास गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!