सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–३, कागतेमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मोरङ, सुन्दरहरैँचा नगरपालिका–२ का ३२ वर्षीय सुमन सुबेदी छन् ।

Advertisement

धनकुटाबाट छथरजोरपाटीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १३३६ नम्बरको पिकअप गाडी र प्रदेश १–०२–०५३ प ३१६८ नम्बरको मोटरसाइकल आज साँझ आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा गम्भीर घाइते भएका सुबेदीको उपचारको लागि धनकुटा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । सुबेदीको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

मोटरसाइकल चालक सामान्य घाइते छन् । दुर्घटना भएका दुवै सवारी साधन र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!