सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा युद्धकवि तथा लेखक काङमाङ नरेश राईको ‘पानी पतिया’ कृतिको परिचर्चा गरिएको छ । बुद्धिजीबी परिषद धनकुटाले आज आयोजना गरेको कार्यक्रममा उक्त कृतिमाथि परिचर्चा गरिएको हो ।

Advertisement

कृतिमाथि संविधानसभा सदस्य राजकुमार राई र जिल्ला समन्वय समितिका धनकुटाका उपप्रमुख सावित्रा राईले टिप्पणी गरेका थिए । कार्यक्रममा कवि, लेखक, साहित्यकार, विश्लेषक, जनप्रतिनिधि र विभिन्न राजनैतिक दलका प्रतिनिधि सहभागी थिए ।

उक्त कृतिमा गोर्खा भर्तीको इतिहास, गोर्खा सैनिकमा भर्ती भएपछिको अनुभूति र गोर्खा आन्दोलनको सविस्तार वर्णन गरिएको छ । पुस्तकमा गोर्खा भर्तीको ३ वटा आयामको नालीबेली समेटिएको छ । राणाकालीन समयमा गोर्खा भर्ती भएर घर आउँदा चोख्याएर घरमा बस्नुपर्ने प्रसंग पनि समेटिएको छ ।

टिप्पणीकार सावित्रा राईले गोर्खा भर्तीको वास्तविकता १८४ पेजमा समेटिएको बताउँदै बेलायत र भारतीय सेना भर्तीको विषयमा २३४ वर्षको इतिहास समेटिएको बताइन् ।

पुस्तकमा गोर्खा भर्तीको इतिहास, लाहुरेका कथा–व्यथा, वीरताको पाटो, नेपाल र बेलायतबाट लाहुरेलाई भएको विभेद र अबको बाटो सन्दर्भमा पनि प्रसंगहरु समेटिएको संविधानसभा सदस्य तथा टिप्पणीकर्ता राईले बताए ।

भोजपुरमा जन्मेका लेखक राईका ९ वटा कृति प्रकाशन भइसकेका छन् । उनले विभिन्न कृतिका लागि ५ वटा प्रतिष्ठित पुरस्कार पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!