सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–१०, उत्तरपानीमा रहेको कृषि प्रविधि पढाइ हुने उत्तरपानी बहुप्राविधिक शिक्षालयका भवनलगायत संरचना जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायबाट मर्मत सम्भारका लागि बजेट विनियोजन नहुँदा जीर्ण बन्दै गएको हो ।

Advertisement

उत्तरपानी बहुप्राविधिक शिक्षालय जिल्लाको एकमात्र कृषि प्रविधि पढाइ हुने संस्था हो । २०४० सालमा स्थापना भएको शिक्षालयको करिब ८६५ रोपनी क्षेत्रफल जग्गा छ । त्यहाँ ४७ वटा भवन छन् ।

शिक्षालयका पुराना संरचना जीर्ण अवस्थामा पुगेका छन् । बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको छ । सानोतिनो रकमले मर्मत सम्भार गर्न नसकिने भएकाले शिक्षालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्राचार्य शंकर कोइरालाले बताए ।

शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ ३ वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमध्ये कोशी प्रदेशमा सातवटा शिक्षलय छन् ।

शिक्षालयमा मर्मत सम्भारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या आएको जनाइएको छ । लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने अवस्थामा पुगेको शिक्षकहरुले बताएका छन् ।

शिक्षालयले वार्षिक रुपमा १६० जना विद्यार्थी भर्ना लिई पढाई सञ्चालन गरिरहेको छ । हाल ३२० विद्यार्थी अध्ययनरत छन् । स्रोत जुटाएर मर्मत गरी स्वास्थ्य र इन्जिनियरिङका कक्षा समेत सञ्चालन गर्ने तयारी रहेको प्राचार्य कोइरालाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!