सन्तोष सुवेदी/संगालोखबर

 

Advertisement

धनकुटा । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अदालत धनकुटाले २५ प्रतिशत मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको पाइएको छ । आज अदालतले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै चालु आर्थिक वर्षमा ७५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ ।

अदालतले कुल ६६६ मुद्दामध्ये ५०५ वटाको टुंगो लगाएको जनाएको छ । अदालतमा देवानी ४७४, सरकारवादी फौजदारी १३१ र दुनियाँवादी फौजदारी ५७ गरी ६६६ मुद्दा दर्ता भएका थिए । तीमध्ये गत वर्षको जिम्मेवारी सरेको १९९ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतमा दर्ता भएकामध्ये देवानी ३७६, सरकारवादी फौजदारी ९१ र दुनियाँवादी फौजदारी ३४ मुद्दा फछ्र्यौट भएका छन् ।

यस्तै, दर्ता भएकामध्ये देवानी ९८, सरकारवादी फौजदारी ४० र दुनियाँवादी फौजदारी २३ वटा मुद्दा बाँकी छन् । अदातलमा १८ महिना नाघेको मुद्दा नभएको न्यायाधीश नारायणप्रसाद पराजुलीले जानकारी दिए ।

अदालतले आर्थिक वर्ष २०८०/८१ मा ७५ दशमलव ८३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ । गत वर्षको तुलनामा धनकुटा जिल्ला अदालतमा मुद्दाको संख्या बढेको न्यायाधीश पराजुलीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!