धनकुटाको छिन्ताङ जाल्पादेवी मन्दिर, जहाँ साँझ परेपछि पुजा गरिन्छ
धनकुटा । विशेषगरी मन्दिरमा बिहानको समयमा पूजाआजा गर्ने गरिन्छ । तर एउटा यस्तो मन्दिर छ, जसलाई साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिन्छ । जुन मन्दिर धनकुटाको सहिदभूमि गाउँपालिका-३ मा अवस्थित छ ।
छिन्ताङ जाल्पादेवी माता साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिने चर्चित मन्दिर हो । यस मन्दिरमा साँझ ५ बजेपछि मात्रै पूजाआजा गरिन्छ । मन्दिरको आफ्नो छुट्टै विशेषता भएकाले साँझको समयमा मात्रै खुल...






























