सन्तोष सुवेदी/संगालोखबर
फाइल तस्बिर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आज अपराह्‍न भएको आगलागीबाट स्थानीय बासिन्दाका घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए ।

Advertisement

नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!