मोरङको रंगेलीमा कृषि फार्ममा आगलागी हुँदा ११ लाखको क्षति
विराटनगर । मोरङको रंगेली नगरपालिका-२ मंगलबारेस्थित कृषि फार्ममा आगलागी भएको छ । आज बिहान करिब ५ः४५ बजेतिर भएको आगलागीबाट करिब ११ लाख बराबरको क्षति भएको छ ।
टिकुमाया अधिकारीको नाममा दर्ता रहेको र जीवन अधिकारीले सञ्चालन गर्दै आएको टिनको छानो र बाँसको टाटीबेराले बनेको फार्ममा लागेको आगो नियन्त्रणमा लिन दमकल र स्थानीयलाई एक घण्टाबढी लागेको थियो ।
आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् ...































