संगालोखबर


विराटनगर । सुनसरीको इटहरी-२ आँपगाछीका ३६ वर्षीय हेमबहादुर कार्की ४ दिनदेखि बेपत्ता भएका छन् ।

असार १० गते आइतबार पोखराबाट बस चढेर आएका उनी धरान स्टेसनमा उत्रिएको सिसिटिभी फुटेजमा देखिएको परिवारले जनाएको छ । त्यसपछि उनी विराटनगर जाने म्याजिक भ्यानमा चढेको देखिएको छ ।

Advertisement
सिसिटिभी फुटेजमा देखिएको उनी चढेको म्याजिक

हालसम्म पनि उनी कतै फेला परेका छैनन् । धेरै ठाउँमा खोजी गरेपनि फेला पार्न नसकिएको परिवारको भनाइ छ । बेपत्ता छोराको खोजीका लागि सहयोग गरिदिन बुबा सिंहबहादुर कार्कीले अपिल गरेका छन् ।

बेपत्ता हेमबहादुरलाई कतै देखेको खण्डमा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन अथवा ९८४२२४२२८९, ९८४२०९९७४१ र ९८२५३३०३९२ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!