संगालोखबर


सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा दुई पक्षबीच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्न र सामाजिक एकता कायम राख्न इटहरीमा ‘सामाजिक सद्भाव र्‍याली’ निकालिएको छ ।

नागरिक समाज इटहरीको अगुवाइमा आज बिहान र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरूले हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन, अफवाहको पछि नलाग्न र वर्षौंदेखिको आपसी भाइचारा कायम राख्न अपिल गरेका छन् ।

Advertisement

समाजमा बढ्दै गएको विद्वेषलाई रोकी सामाजिक एकता, सहिष्णुता र आपसी सम्मानको वातावरण बनाउन र्‍याली निकालिएको नागरिक समाजले जनाएको छ । मंगलबार सुनसरीको दुहबीमा पनि सद्भाव र्‍याली निकालिएको थियो ।

गत आइतबार राति दुई पक्षबीच भएको झडप हिंसात्मक बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सो क्रममा देवानगन्ज गाउँपालिका-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ ।

स्थितिलाई थप भयावह हुन नदिन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लाका १० वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!