संगालोखबर


विराटनगर । जिल्ला अदालत सुनसरी बन्द भएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि आज अदालत पनि बन्द भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिबाट अर्काे आदेश नभएसम्मका लागि इनरुवा नगरपालिकासहित दश पालिकामा कर्फ्यु आदेश जारी गरेको थियो ।

Advertisement

सोही परिस्थितिलाई मध्यनजर गर्दै आज सेवा स्थगित गर्ने निर्णय गरेको अदालत प्रशासनले जनाएको छ ।

अदालतद्वारा प्रकाशित सूचनामा सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राखी यो निर्णय लिइएको उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!