संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ ट्रान्सपोर्ट नजिक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ का ४२ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको हो ।

विराटनगरबाट इटहरी चोकतर्फ जाँदै गरेको मधेश प्र ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ५ः१० ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज लगिएकोमा चिकित्सकले ५ः३२ बजे मृत घोषणा गरेका थिए ।

ट्रक चालक मकवानपुर मनोहरी नगरपालिका-१ का २४ वर्षीय सरोज लामालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!