इलाममा ससुराली गएका युवकको छुरी प्रहारबाट हत्या, एक जना घाइते
इलाम । इलाममा छुरी प्रहारबाट एक जनाको हत्या भएको छ । प्रहरीका अनुसार सूर्योदय नगरपालिका-१ का २३ बर्षीय प्रकाश चापागाईँको हत्या भएको हो ।
आइतबार राति करिब १० बजे सूर्योदय नगरपालिका-२ का ३३ वर्षीय किरण शेर्पासँग विवाद हुँदा उनीमाथि छुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
‘प्रकाश दाइ निरोज चापागाईँसँग ससुराली आउनुभएको रहेछ’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले स...






























