मोरङको कटहरीमा करेन्ट लागेर कर्मचारीको मृत्यु
विराटनगर । मोरङको कटहरी गाउँपालिका-६ थलाहामा करेन्ट लागेर कन्स्ट्रक्सनका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्की छन् ।
उनलाई मंगलबार राति बद्री यादवको घरमा मिटर बक्स राख्नलाई तार जडान गर्ने क्रममा करेन्ट लागेको थियो । बिजुलीको पोलमा चढेर तार जडान गर्दैगर्दा राति ८ बजेतिर सार्कीलाई अचानक करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइ...






























