
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले भेट गरेकी छन् ।
आज विराटनगर आएकी उनले अस्पताल पुगेर घाइतेहरूलाई भेटेर अवस्था बुझेकी हुन् । घाइते भेटपछि अस्पताल प्रशसानलाई उनीहरूको उपचारमा कुनै कमजोरी हुन नदिन मन्त्री मेहताले निर्देशन दिइन् ।
देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएकाहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्री मेहताले घाइतेको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छन् ।

संगालोखबर 

















