
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो ।
सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सांसद तथा राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनुहुनेछ । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउने विषयमा छलफल हुने जनाइएको छ ।
मुख्यमन्त्री कार्कीले भिडियो सन्देश मार्फत पनि आम नागरिकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नका लागि आह्वान गरिसकेका छन् । प्रदेश सरकारका मन्त्री र सचिवहरूले अस्पतालमा गएर घाइतेहरूको उपचार व्यवस्थाको बारेमा अनुगमन गरेका छन् ।
मुख्यमन्त्री कार्कीले पनि सुरुका दिनदेखि नै सुरक्षा निकायसँगको समन्वयलाई अगाडि बढाउँदै सामाजिक सद्भाव कायम गर्नका लागि पहल गरिरहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
आजको बैठकमा पनि सामाजिक सद्भावलाई कायम राख्दै जनजीवनलाई सामान्य बनाउनका लागि गर्नुपर्ने कामका बारेमा छलफल हुने र राजनीतिक दललाई सक्रिय हुनको लागि आह्वान गर्ने तयारी छ ।

संगालोखबर 

















