
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















