
विराटनगर । झापा, सुनसरी, तेह्रथुम र धनकुटाबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
झापाको झापा गाउँपालिका-३ बाट भारतको किशनगंजका मोहम्मद फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र बीआर ३७ बीए ५८५९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको धरान-१५ बाट सोही स्थानका बासु बुढाथोकी र धरान-१० का युकेश मगर इमाडोल र डिकोलिक गरी जम्मा ४ हजार ६१५ पिससहित पक्राउ परेका छन् ।
सुनसरीको इनरुवा-२ घर भएर हाल तेह्रथुमको म्याङलुङ नगरपालिका-७ मा डेरा गरी बस्दै आएका सहनिवाज अलि ट्रामाडोल र डाइक्लोपाम १०० ट्याब्लेटसहित पक्राउ परेका हुन् ।
त्यस्तै धनकुटाको सहिदभूमि गाउँपालिका-६ का रविन राईलाई उनकै घरबाट ट्रामोल ७५० क्याप्सुल र डाइक्लोमाइन ८३० ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 

















