इटहरीमा कर्फ्यु आदेश जारी
विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ । जेनजी पुस्ताले प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी गर्नुका साथै ढुङ्गामुढा गरेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
प्रदर्शनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा आगजनी गरेका हुन् । अहिले पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् । आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ । प...




























