संगालोखबर


विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज भएको घटनापछि गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व परिवर्तन गरेको छ ।

गृहले कोशीको नेतृत्व गर्न पठाएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) शेखर खनालले सोमबार रातारात विराटनगर आइपुगेर पदभार ग्रहण गरेका छन् ।

Advertisement

डीआइजी खनालले औपचारिक रूपमा कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट उनी विराटनगर आइपुगेका हुन् । डीआइजी खनाललाई सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न भएको कोशी प्रदेशको शान्ति सुरक्षाको व्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउनु पर्ने चुनौति छ ।

कोशी प्रहरीको नेतृत्व गरिरहेका डीआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई कोशीको नेतृत्व गर्न पठाइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!