
विराटनगर । मोरङ स्पोर्टिङ क्लब र मोरङ डिस्ट्रिक्ट भेटरेन्सको संयुक्त आयोजनामा सम्पन्न टेबल टेनिस प्रतियोगितामा दिल्ली पब्लिक स्कुल (डिपिएस) का आदर्श गुप्ताले शानदार जित हात पारेका छन् ।
प्रतियोगिताको फाइनल भिडन्तमा कक्षा ६ मा अध्ययनरत गुप्ताले उत्कृष्ट खेल प्रदर्शन गर्दै जनता नमूना विद्यालयमा कक्षा ७ मा अध्ययनरत रक्ष्य बुढालाई पराजित गरी प्रथम स्थान हासिल गरेका हुन् ।
कडा प्रतिस्पर्धाका बिच आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गर्दै आदर्शले उपाधि आफ्नो नाममा गराउन सफल भएका छन् । विजयी खेलाडीहरूलाई आयोजकका तर्फबाट पुरस्कार तथा बधाई ज्ञापन गरिएको थियो ।

संगालोखबर 

















