संगालोखबर
सांकेतिक तस्बिर

झापा । झापाको कमल गाउँपालिका-३ केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा नवजात शिशु फेला परेको छ । आज बिहान करिब ६ बजे स्थानीय लिलाराज थापाको घर नजिकैको मकैबारीमा नवजात शिशु फेला परेको हो ।

थापाले मकैबारीका नवजात शिशु देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरीको टोलीले शिशुको उद्धार गरेको थियो ।

Advertisement

शिशुको दमकस्थित बाल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिशुलाई जन्मदिने नाबालिका आमाको पहिचान भएको बताएको छ ।

‘शिशुलाई जन्म दिने १६ वर्षीया नाबालिका आमा पनि हामीले फेला पारिसकेका छौँ’, इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले संगालोखबरसँग भने, ‘शिशु र आमा दुवैलाई अस्पतालमा राखिएको छ ।’

प्रहरीका अनुसार उनी चैत १९ गतेबाट हुने एसईईको तयारीमा थिइन् । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!