संगालोखबर


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज प्रहरीलाई अनुसन्धानका लागि अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले उनीहरूलाई १० दिन हिरासतमा राख्न माग गरे पनि अदालतले प्रारम्भिक रूपमा ५ दिनको मात्रै अनुमति दिएको छ ।

Advertisement

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रहरीले शनिबार दुवै जनालाई पक्राउ गरेको थियो । अदालतमा लेखक स्वयं उपस्थित भएका थिए भने ओली भने स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत इजलासमा जोडिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!