
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको छ । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई आज बिहान पक्राउ गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्कालाई पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ’, उनले लेखेका छन् ।


संगालोखबर 



















