संगालोखबर


काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरै पुर्याउने व्यवस्था गर्ने भएको छ । एक सय दिनभित्र त्यसको व्यवस्था गरिसक्ने सरकारले लक्ष्य लिएको छ ।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा यस्तो उल्लेख गरिएको छ ।

Advertisement

सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात तथा सामग्रीहरू घरघरै पुर्‍याइने  व्यवस्था गरिने कार्यसूचीमा उल्लेख छ ।

नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र तथा जिल्ला प्रशासनबाट प्रदान हुने सम्पूर्ण सेवामा विचौलिया प्रवेश रोक्न सरकारले सम्पूर्ण सेवाहरू डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

नागरिकता र पासपोर्टका लागि आवश्यक सिफारिस वडाबाट डिजिटल रूपमा पठाउन सकिने व्यवस्था लागू गरिने पनि कार्यसूचीमा उल्लेख छ । राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय प्रणालीका रूपमा प्रयोग गर्ने तथा सबै सेवा प्रक्रियालाई फेसलेस, टाइम – बाउन्ड र ट्र्याकिङ योग्य बनाइने योजना सरकारको छ ।

सय कार्यसूची हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!